मिडियाबाजी डटकम काठमाडौं,असोज ९। प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तर्क्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् छ ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतका उपस्थिति छ ।