नेपालसँगको दुईवटै नाका खोल्न चीन तयार

  भदौ २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २९। नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।

यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ चिनियाँ नेता ली को भनाई उधृत गर्दै ढकालले भने ।नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका छन् । उनीहरूले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गरेका थिए ।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने बताएका राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर