मिडियाबाजी डटकम काठमाडौं। रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।
एसपी रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको एसपी रेग्मीको भनाइ रहेको छ ।