मिडियाबाजी डटकम काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । पछिल्लो समय नेपालबाट धेरै निर्यात हुने वस्तुहरूको सूचीमा पास्ता समेत पर्न थालेको छ । नेपालमा उत्पादित पास्ता एसियन, युरोपियन तथा अमेरिकी मुलुकमा निर्यात हुन थालेको हो । नेपालबाट, भारत, अमेरिका, जापान, सिंगापुर, हङकङ, अष्ट्रेलिया, यूरोप तथा अमेरिकामा पास्ता निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।
यसैगरी भारतमा सबैभन्दा धेरै पास्ता निर्यात हुने गरेको जानकारीमा आएको छ । भारतमा चालू आर्थिक वर्षको ९ महिनामा ९६ करोडभन्दा धेरैको पास्ता निर्यात भएको छ । यस्तै, अमेरिकामा १२ करोड, बेलायतमा १ करोड ३२ लाखको पास्ता निर्यात भएको छ । यसैगरी, कतार, मलेसिया, क्यानडा, डेनमार्क, भुटान र इटाली लगायतका मुलुकमा समेत पास्ता निर्यात हुँदै आएको छ। भन्सार विभागले जानकारी दिएको छ।