तुलसीपुर कांग्रेसले पुर्णता पायो , पार्टी संगठन शशक्त बनाउन विभिन्न विभाग

  माघ १८, २०७८

तुलसीपुर , माघ १७ । मुलुकमा तीनै तहको निर्वाचन नजिकिंदै गर्दा पार्टीलाई थप क्रियाशिल र प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिलाई पूर्णता प्रदान गरिएको छ ।

यससंगै हरेक क्षेत्रलाई समेट्नेगरी दर्जन भन्दा बढी विषयगत विभागहरु गठन गरिएको छ ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति शुरेश हमालको अध्यक्षतामा सोमवार तुलसीपुरमा बसेको पूर्ण बैठकले कम्तिमा २० जना सदस्य मनोनित गरी नगर कार्यसमितिलाई पूर्णता प्रदान गरेको हो ।

बैठकले हालसालै सम्पन्न कांग्रेसको चौधौ महाधिवेशन अन्तर्गत तुलसीपुर नगर सभापतिका प्रत्यासी अनिल कार्कीलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
बैठकपछि नगर सचिवद्धय विमल पौडेल र शुशिल वलीले विज्ञप्ति मार्फत सो जानकारी दिएका छन् ।

नेपाली कांग्रेस तुलसीपुरका प्रवक्ता पूर्णवहादुर डाँगीले बैठकले आसन्न निर्वाचनलाई मध्यनजरगर्दे सवै वडाहरुमा नेपाली कांग्रेसका नयाँ सदस्यता बनाउने निर्णय गरेको जानकारी दिए ।

त्यसका लागि नगर समितिले तुलसीपुरका १९वटै वटा समितिलाई कांग्रेसको विधान र एक–एक थान सदस्यता ठेली प्रदान गरिसकेको डाँगीले बताए ।
पार्टी संगठनलाई थप शशक्त र क्रियाशिल पार्टीको रुपमा अघि बढाउनका लागि हरेक विभाग र उपसमितिहरुको परिचालन गर्न नगर सभापति हमालको संयोजकत्वमा कार्यसम्पादन समितिपनि गठन गरेको छ ।

कांग्रेसको विधान वमोजिम गठित १५ सदस्यीय कार्यसम्पादन समितिमा उपाध्यक्ष, सचिव लगायतका सदस्यहरु रहन्छन् ।
सो समितिले हरेक विषयगत एवं क्षेत्रगत समितिहरुको कार्यसम्पादनको निरन्तर मुल्यांकन समेत गर्ने गर्छ ।

साथै विभाग तथा उपसमितिहरुलाई थप जागरुक र क्रियाशिल बनाउने काम गर्ने प्रबक्ता डाँगाीले बताए ।
लोकतन्त्र, समाजवाद र सुशासनका सन्दर्भमा आम नागरीकलाई कांग्रेसको नीतिवारे जानकारी गराउंदै हरेक टोल विकाश संस्थाहरुमा टोल इकाइ समिति गठनको प्रक्रियालाइ अघि बढाउने बैठकमा निर्णय भएको प्रबक्ता डाँगीले जानकारी दिए ।

केही दिनभित्रै नगरका सवै वडामा टोल समिति गठन गरी सक्न वडा समितिलाई परिपत्र समेत गरिसकेको जानकारी दिइएको छ ।
त्यस्तै विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफु बच्न र अरुलाईपनि बचाउनका लागि विभिन्न वडाहरुमा कोभिड विरुद्धको सचेतना अभियान, मास्क तथा सेनीटाइजर वितरण, कोरोना भाइरस विरुद्धको खोपलाइ थप प्रभावकारी बनाइ आम नागरिकलाइ सहज रुपमा खोप उपलव्ध गराउन संबन्धित निकायमा पहल गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिडको संक्रमणका कारण थलापरेको शिक्षा क्षेत्रलाई माथि उकास्न तत्काल विद्यार्थीलाइ खोप लगाइ यथासिघ्र शैक्षिक गतिविधिहरुलाई अवस्था हेरेर भौतिक उपस्थितिका बीचमा पठनपाठन वा अनलाइन कक्षाका लागि सरोकारवाला निकायलाई बैठकले आग्रह पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर