असोज १० महोत्तरी / धनुषामा टिपरले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन ।
जनकपुरधामकाे पिडारी चाेकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएकाे हाे ।
ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएकाे प्रहरीले जनाएको छ । आज दिउँसो ना ७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।