मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १५ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता–दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए ।
अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भू–भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ,’ उनले भने ।