मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १५ । विभिन्न माग राखेर उखु किसानहरु सडकमा उत्रिरहेको बेलामा दूध उत्पादक किसानहरुले पनि आन्दोलन गर्न लागेका छन् ।
दूधको भुक्तानी नपाएको भन्दै किसानहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिन लागेका हुन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघले जनाएको छ ।
आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिए लगत्तै दूध उत्पादक किसानहरु समेत सडक आन्दोलनमा उत्रिन लागेका हु्न ।