खानेपानीलाई प्राथमिकताको विषय बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

  श्रावण १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई यसलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन्।

बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकताको योजना बनाएर काम गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र हैन मौलिक अधिकारको पनि प्राथमिकतामाको विषय ठानेर आमरुपमा जहाँ खानेपानीको समस्या छ त्यो माग गरेर त्यसलाई पुरा गर्ने योजना प्राथमिकताको योजना बनाउनु पर्यो।’

उनले खानेपानीको अभावका विषयमा जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्ने बताए। ‘यो खानेपानीको बिषय कस्तो बनाउनु पर्यो भने नेपालमा अहिले स्वच्छ खानेपानीको अभाव कहाँ कहाँ छ भनी आधारभूतरुपमा खानेपानीकै अभाव जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्यो र यसलाई पहिलो प्राथमिकताको योजना बनाएर जहाँ माग भएको छ त्यो बास्तुयोग्य हो की हैन सम्बन्धित निकायले त्यसको सर्वेक्षण गर्ने गर्नुपर्छ,’ उनले भने।

यसैगरी नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराईका जिल्लाहरुमा हरेक पाँच किलोमिटर पानी पोखरी निमार्ण गर्नुपर्ने बताए।

तपाईंको प्रतिक्रिया

थप खबर