नेप्सेमा ३१.५० अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

  श्रावण १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ ।   आज साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९.९७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।

भुगोल इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाए।

यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको ६९ करोड ९लाख रुपैयाँको सेयर कारोबार भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर