मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकbदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
बिहीबार दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।