सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  श्रावण १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ ।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २२ सय ७० रुपैयाँ कायम भएको हो । 

तपाईंको प्रतिक्रिया

थप खबर