मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिन थालेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिन्ता बढ्नु स्वाभाविक भएको बताएका छन्।
प्रचण्डले ‘राजावादीले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले उक्त प्रतिक्रिया दिएका हुन्। शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो’ भनेका थिए। त्यसको जवाफमा शनिबार नै काठमाडौंमा जारी आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रचण्डले आफ्नै विगतको अनुभव सुनाएको बताएका छन्।