बाबुराम भट्टराईको आरोप : ओली सरकारले बूढीगण्डकी आयोजनाको हत्या गर्‍यो

  जेठ १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १७ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिने बूढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हत्या’ गरेको आरोप लगाएका छन् ।

आज (शनिबार) फेसबुकमार्फत टिप्पणी गर्दै पूर्व डा. भट्टराईले हालै सार्वजनिक गरिएको २०८२/८३ को बजेटमा गरिएको व्यवस्थाले बूढीगण्डकी जलविद्युत आयोजनाको पूरै घाँटी छिनालिएको टिप्पणी गरेका हुन् ।उनले बजेटको बुँदा २२४ लाई उद्धृत गर्दै उक्त आयोजना अब ‘सार्वजनिक निजी साझेदारी (पीपीपी)’ मा निर्माण गरिने घोषणा गरिएकोप्रति कडा आपत्ति जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर