राजावादी आन्दोलनबारे प्रचण्डको टिप्पणी : पैसा छ, भाडाका मान्छे ल्याएर चुरीफुरी गर्दैछन्

  जेठ १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १७ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चुनाव जितेर देशमा शासन गर्न राजावादीहरुलाई चुनौती दिएका छन् ।

शनिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीले अनावश्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन चुनौती दिए । माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको प्रचण्डले आरोप लगाए । उनले यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाए । उनले सरकार र सरकारमा सहभागी दलहरूको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर