मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १७ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ लाई कानूनी मान्यता दिएको विरोधमा व्यावसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।
शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ। उनीहरुले सडकमै गाडी तेर्स्याएर विरोध जनाएका छन् । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन्।आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्स्याएर विरोध जनाएका छन् । उनीहरुले कालोझण्डा देखाएर विरोध र्याली गरेका हुन् ।