कोशी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  जेठ १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १७ । लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ ।

आज (शनिबार) बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर