नेप्सेमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडमा झर्‍यो कारोबार

  २३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ ।  साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा झरेको हो।

नेप्सेमा यसदिन ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । 

आज सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।

ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर