मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।
कम्पनीले प्रथम चरणको आईपीओ जारी गरेको हो यसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीले मात्रै आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।