मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । सदनदेखि सडकसम्म भिजिट भिसा प्रकरण छानबिनको माग उठेर चौतर्फि सरकारको आलोचना भइरहँदा अझै पनि भिजिट भिसामार्फत विदेश पठाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
गत साउन ८ गते भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट ४७ महिला नेपाल फर्काइएपछि भिजिट भिसामा विदेश पठाउने गिरोह अझै सक्रिय रहेको पाइएको हो ।
नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरु कुवेत जान लागेको अवस्थामा भेटिएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उनीहरुलाई नेपाल फर्काइएको प्रहरीले जनाएको छ । दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्काइएको हो ।