बाग्मती कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

  २४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ ।  नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ ।

कार्यतालिका अनुसार २ बजेबाट सुरु हुने भनिएको मतदान भर्खरै सुरु भएको हो । दलको नेताका लागि कांग्रेस बाग्मती प्रदेशका सभापति समेत रहेका इन्द्र बानियाँ र बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुँदैछ ।

०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामासँग बानियाँ पराजित भएका थिए । वाग्मतीमा कांग्रेसका ३७ सांसद छन् । ०७९ को संसदीय दलको निर्वाचनमा लामाले २१ मत पाएका थिए । बानियाँले १६ मत पाएका थिए । कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ । बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसद देखिएका छन् । मतदानपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसको आधारमा कांग्रेस संसदीय दलको नयाँ नेता तय हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर