मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । नेपाली बजारमा बुधबार सुुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय रुपैयाँ रहेको चाँदी बुधबार २३ सय १० रुपैयाँ कायम भएको हो ।