नौं महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, के–के छन् एजेण्डा ?

  असार १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १६ ।   सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नौं महिनापछि आज (सोमबार) देखि सुरु हुँदैछ ।

अघिल्लो साउन २३ देखि भदौ १६ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । पार्टी विधानमा प्रत्येक दुुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ । भदौ १६ पछि नेताहरूको निधनमा शोक प्रस्तावका लागि आकस्मिक बाहेक केन्द्रीय समितिको औपचारिक बैठक बसेको छैन ।

नौं महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकका एजेण्डा भने प्रायः नयाँ छैनन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर