प्रतिनिधिसभाको ‘क्यालेण्डर’ : असार १५ सम्म १९ वैठक, भूमि पर्‍यो, शिक्षा विधेयक परेन

  जेठ १७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ ।   संघीय संसद सचिवालयले असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेण्डर’ तयार गरेको छ।

आज (शुक्रबार) बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार असार १५ गतेसम्मको उक्त क्यालेण्डर तयार गरिएको हो। क्यालेण्डर अनुसार, जेठ २० गतेदेखि प्रतिनिधिसभा बैठक बस्नेछ।

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेण्डर पारित गरेको हो । पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ। २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।

तपाईंको प्रतिक्रिया

थप खबर