आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

  जेठ १७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ ।  आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यस दिन बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर