डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

  जेठ १७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १६ ।  वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

आज (शुक्रबार) बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

दुम्कीबास र चोरमाराको डाइभर्सन बाढीले बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्‍याएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर