केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेपछि हायुको परिवारले थाकथलो छाडेको खुलासा

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १३ ।  सोमबार बेलुका पोखरामा भेटिएका सिन्धुलीका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर हिडेका उर्मिला सहित उनका परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए ।

उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ’, उनले भने, ‘उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुुभएको रहेछ ।’

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएको प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर