काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

  असार १५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १५ ।    देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरो र डुुबानको जोखिम बढ्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका १२ जिल्लामा भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको जनाउँदै बाढी पहिरोको जोखिमबाट सतर्क रहन सूचना जारी गरेको छ । बाढी महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।

यस्तै जिल्लाका हिसाबले भने आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ । यसैले ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर