मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ । सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्तःशुल्क बढाएको छ ।
बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो । हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ ।
हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ । ७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ । अब यसमा थप कर लाग्ने भएको हो ।