मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका रहेको प्रतिक्रिया दिएको छ ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको भए पनि १५-१६ खर्बभन्दा बढी खर्च हुने आधार नै नभएको वाग्लेले बताए।
अर्थविज्ञ समेत रहेका वाग्लेले बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिने गरी आएको टिप्पणी गर्दै भने, ‘यसलाई हामीले गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले थपे, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ।’