नागढुंगा–नौबिसे सडकमा लामो जाम, यात्रुलाई सास्ती

  जेठ १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ ।  नागढुंगा–नौबिसे क्षेत्रको सडकमा हिजोदेखि नै लामो सडक जाम हुँदा यात्रुलाई सास्ती परेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार दिउँसोको समयमा बाटो रोकेर कामलाई तीव्रता दिइएको हुँदा बेलुका र बिहान त्यसको चाप पर्ने गरेको थियो ।

तर धार्केमा पुलमा प्वाल परेपछि गरिएको डाइभर्सनका कारण थप समस्या भएको थियो । नागढुंगा नजिकै गएराति एउटा बस नालीमा खसेका कारण जाम थप बढेको थियो । “नागढुंगाभन्दा तल उकालोमा एउटा ट्रक बिग्रिएका कारण रातभर नै समस्याजस्तै भयो,” एक प्रहरीले अधिकारीले भने ।

तस्बिर–शालिग्राम नेपालको फेसबुकबाट 

तपाईंको प्रतिक्रिया

थप खबर