आज एकै दिन, एकै स्थान रत्नपार्कमा एमाले र राजावादीको प्रदर्शन

  जेठ १६, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ ।   आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दैछन् ।

तर एमालेको कार्यक्रम सकिएपछि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने समय तय गरिएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो। राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन् । कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर