मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६। शिक्षक महासंघले आज (मंगलबार) पनि आन्दोलनलाई जारी राख्ने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् ।
बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गए राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुगिनसकेको वार्तामा सहभागीहरु शिक्षक नेताहरुले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।