नेपालमा अब १८–३५ वर्ष उमेर समूहका मात्रै युवा

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ ।  अब युवाको उमेर १८ देखि ३५ सम्म कायम हुने भएको छ ।

सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख गरिएको छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसंख्या निकाल्न आग्रह गरिएको जानकारी दिएका छन् ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म मानिने हुनाले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवामा राखिएको हो । संयुक्त राष्ट्रय संघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतले १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर