आईटी क्षेत्रका दक्ष जनशक्तिको विदेश पलायन रोक्न २ लाख तलबको व्यवस्था

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ ।  सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दक्ष आईटी जनशक्तिलाई मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्नेछ । यसअघि देखिएको सेवामा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका छन् ।

साथै आईटी क्षेत्रको दक्ष जनशक्ति विदेशी रोजगारतर्फ आकर्षित हुँदै आएको अवस्थामा सरकारले यस्तो व्यवस्था गर्नु सुखद कदम भएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर