नेप्सेमा २.०७ अंकको गिरावट, १९ अर्ब ३६ करोडमा झर्‍यो कारोबार

  श्रावण १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ ।  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । 

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।

विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ८.४९ प्रतिशतका दरले गुमाए ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक ९२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको ५७ करोड ९७लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर