चार राजमार्ग अवरुद्ध

  श्रावण १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् ।

पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै लगातारको वर्षाका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलामा बाढी आएर त्यहाँ निर्मित डाइभर्सनको सतह पार गरेपछि आइबार मध्यरातदेखि यो सडक अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि यो खण्डमा सवारी वारपार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर