आज साउनको दोस्रो सोमबार: भगवान शिवको प्रिय दिन, यसरी गर्नुहोस् पूजा

  श्रावण १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ ।   आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरिदैछ ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधनाका लागि शक्तिपीठहरुमा भक्तजनहरु जाने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । विशेषगरी महिलाहरुले हरियो, पहेलो र रातो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन् ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने जनविश्वास छ ।

तपाईंको प्रतिक्रिया

थप खबर