आज यी राशिलाई व्यापार तथा सेयर बजारमा लगानी गरी प्रशस्त आम्दानी हुने योग, अरुको दिन कस्तो ?

  श्रावण १३, २०८२

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सन्तान तथा परिवारले काममा खासै सहयोग गर्ने छैनन् । आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । तर पनि व्यापार तथा सेयर बजारमा सुझबुझका साथ लगानी गरि नाफा कमाउन सकिनेछ । अन्य कामको साथसाथै धर्म तथा अध्यात्म क्षेत्रमा समय व्यतीत हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्नेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन बढी नै सङ्घर्ष गर्नु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । वित्तीय बजारमा लगानी गर्दा आम्दानी हुने योग रहेको छ । बिहानको समयमा धार्मिक यात्रा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

औद्योगिक क्षेत्र, सेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नाहरूले रुपैयाँ पैसा लान सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तर पनि धर्म तथा अध्यात्म क्षेत्रमा केही समय व्यतीत हुनेछ । व्यापार व्यवसाय तथा सेयर बजारमा लगानी बढाउने समय रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, सेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ । अध्ययन वा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । सेयर बजार तथा व्यापारमा लगानी गर्ने समय रहेको छ । तर पनि आफन्तहरू टाढिनेछन् । नियमसंगत काम नगर्दा जरिवाना तिर्नु पर्ने हुन सक्छ । धार्मिक यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने बिहानको समयमा धार्मिक यात्रा हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नतिको योग रहेको छ । उत्पादनमूलक क्षेत्र, व्यापार तथा सेयर बजारमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । धर्म तथा मनोरञ्जन क्षेत्रमा समय व्यतीत हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइ विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो खटाइका बाबजुद आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूती हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ । योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार वा सेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय राम्रो रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रामा निस्कन सकिनेछ । मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर