माओवादी कञ्चनपुर कार्यालयमा ‘हानाहान’, एक घाइते धनगढी रिफर

  श्रावण १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ ।  कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान भएको छ ।

हानाहानपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट घाइते भएका छन् ।

भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए । उनले भने, ‘माओवादी निकट नेताहरूबीच हात हालाहाल भएको छ । उनीहरूबीच कुटपिट हुँदा रामचन्द्र भट्टको टाउकोमा सात वटा टाँका लगाइएको छ ।’

डीएसपी बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।

कुटपिट गरेको आरोपमा माओवादीकै कार्यकर्ता कञ्चनपुर वेदकोट नगरपालिका–८ बस्ने भुवन विष्टलाई पक्राउ गरिएको छ । ‘अस्पताल पुगेपछि घटनाबारे हामीलाई खबर आएको थियो । कुट्ने भनिएका एक जनालाई अहिले हामीले राखेका छौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘घटना बारे बुझ्दैछौँ ।’

झगडाको कारण खुलिसकेको छैन । माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले भट्टमाथि आक्रमण गर्ने भीमदत्त नगर कमिटी सदस्य विष्टलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर