राजनीतिक द्वन्द्व विधिसम्मत स्वीकार नगरे विष्फोट हुन्छ : ईश्वर पोखरेल

  असार १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १४ । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा द्वन्द्व भएका विषयलाई विधिसम्म प्रक्रियामा नलगे विष्फोट हुने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ विचार गोष्ठी कार्यक्रममा पोखरेलले परिस्थिति नबुझिए समस्या पैदा हुने बताएका छन् ।

‘राजनीति पार्टीमा द्वन्द्व भएको कुरालाई विधिसम्मत ढंगले प्रकट हुन पाएन भने असन्तुष्टि निश्चित विन्दुमा पुगेर विष्फोट हुन्छ,’ पोखरेलले भने, ‘यसरी नबुझिए समस्या पैदा हुन्छ ।’ एमालेको आजको जग नै मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवाद भएको समेत पोखरेलले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर