मिडियाबाजी डटकम काठमाडौँ, असार १४ । यस साता नेप्से परिसूचक ३३.१७ अंकले घटेर २५९५.७४ विन्दुमा आईपुगेको छ।
गत साता २६२८.९१ विन्दुमा बन्द भएको नेप्से यो साता ३३.१७ अंकले घटेर २५९५.७४ को विन्दुमा पुगेको हो ।
यस साता सबै कारोबार दिन बजार खुल्यो । जसमध्ये १ कारोबार दिन बजार बढ्दा चार कारोबार दिन बजारमा गिरावट आएको थियो ।
यस साता औसतमा दैनिक ७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ९ अर्ब १४ करोडको, सोमबार ६ अर्ब ४७ करोडको कारोबार भयो । मंगलबार कारोबार ५ अर्ब ७६ करोडमा झरेको थियो । यस्तै बुधबार ५ अर्ब ९४ करोड र बिहीबार ७ अर्ब ७८ करोडको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ४.७८ अंकले बढेर २६००.७६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।