पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

  जेठ १५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा ससंदमा कुरा राख्न नपाए पत्रकार सम्मेलन गरेर कुरा राख्ने तयारी गरेका छन् ।

गृहमन्त्री सचिवालय स्रोतका अनुसार गृहमन्त्री लेखकले सुरुमा संसदमा बोल्न प्रयास गर्ने र नपाए ल्होत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने माग गरिरहेको छ । सत्तापक्षले भने गठबन्धनविरुद्ध आक्रमणका रुपमा गृहमन्त्रीको राजीनामालाई लिएको छ । बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्न नपर्ने निष्कर्ष निकालेको थियो । सभामुख घिमिरेले ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक यही विवादका कारण सुरु हुन् सकेको छैन् ।

तपाईंको प्रतिक्रिया

थप खबर