भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका प्रहरी इञ्चार्जहरुलाई निर्देशन

  जेठ १५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । भोलि काठमाडौंमा हुने नेकपा (एमाले) र राजावादीको प्रदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका सबै प्रहरी इचार्जलाई निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ति सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इञ्चार्जहरुलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीलाई सामहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख पनि सहभागी थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर