मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ।मंगलबार प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ ।
यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।