मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आज (बुधबार) लाई पेसी तोकिएको छ।
नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार( आज)का लागि पेसी तोकिएको हो ।
सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिएका छन्। गभर्नर नियुक्ति बदरको माग गर्दै पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मंगलबार मात्रै दर्ता भएको हो।