सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

  माघ १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १५ । यही माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । यसका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिउँदे अधिवेशनको तयारी स्वरुप सभामुख घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल भएको थियो । यसअघि सभामुखले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर