रविको मुद्दामा सकियो सुनुवाइ, आदेश आउँदै

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।

त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ । रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए । आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् ।

यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदन साथ पेस गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर