कारागारको शौचालयमा महिला कैदी मृत्त भेटिइन्

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।   जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत्त भेटिएकी छन्।

बुधबार बिहान महिला सेलमा रहेको शौचालयभित्र झुण्डिएको अवस्थामा सुनसरी बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो।

जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो। भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्। उनी र एक सन्तानको उद्धार भएको थियो। एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो।

२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो। उनको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर