जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौं : मन्त्री खड्का

  श्रावण १२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ११।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन्।

उनुभएको छ ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्र्ने बताएका हुन्।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए।

मन्त्री मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राखे।

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर